हङकङमा नयाँ वर्षको पूर्वसन्ध्यामा दुई ठुला दुर्घटना, तीनजनाको मृत्यु

हङकङमा नयाँ वर्षको पूर्वसन्ध्यामा दुई ठुला दुर्घटना, तीनजनाको मृत्यु

नेपालखबर
पुस १७, २०७८ शनिबार १३:२०, काठमाडौँ

नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार हङकङको सडकमा भएका दुई दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

साउथ चइना मर्निङ पोस्टका अनुसार शुक्रबार हङकङको कोलूनमा एउटा कार दुर्घटना हुँदा दुई पैदलयात्रीको मृत्यु भएको छ। 

समाचारमा उल्लेख गरिएअनुसार शुक्रबार सान पो कोङस्थित टाइ याउ स्ट्रिटमा ५० किलोमिटर प्रतिघण्टाको गतिले आइरहेको कार अनियन्त्रित हुँदा पैदलयात्रीलाई ठक्कर दिँदै एउटा बन्द स्टोरको गेटमा ठोक्किएको थियो। यो दुर्घटनामा परी चालक पनि घाइते भएका छन्। 

प्रहरीका अनुसार मृत्यु हुनेमा २३ वर्षीया युवतीको घटनास्थलमै र ६३ वर्षीय पुरुषको स्थानीय अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको हो। यो घटनामा परी अन्य तीनजना पैदलयात्री घाइते भएका छन्। 

त्यस्तै शुक्रबारै भएको अर्को दुर्घटनामा ७७ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार एउटा मिनिबसमा च्याप्पिएका उनलाई बसले ४० मिनेटसम्म घिसारेको थियो।

याउ मा टेइस्थित निङ पो स्ट्रिटमा ७७ वर्षीय वृद्धलाई मिनिबसले सुरुमा ठक्कर दिएको थियो। त्यसपछि उनले गाडीमुनि च्याप्पिएका थिए। बस भने रोकिएन र ४० मिनेटसम्म वृद्धलाई बसले घिसारेको थियो। 

वृद्धलाई घटनास्थलमा नै मृत घोषित गरिएको थियो। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .