हङकङ मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले लगायो पाँच अमेरिकीमाथि प्रतिबन्ध

हङकङ मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले लगायो पाँच अमेरिकीमाथि प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०७८ शुक्रबार १२:१९, काठमाडौँ

चीनले हङकङको मामिलामा हस्तक्षेप गरेको भन्दै ५ अमेरिकीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

यसअघि गत जुलाईमा अमेरिकाले हङकङको स्वतन्त्रतामाथि बेइजिङले दमन गरेको भन्दै हङकङस्थित जन सरकारको सम्पर्क कार्यालयका पाँच उप–निर्देशकहरूसहित ७ चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो । 

त्यसैको जवाफमा चीनले पनि अमेरिकी अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको हो। अहिले प्रतिबन्ध लगाइएका अमेरिकीहरुमा पूर्व वाणिज्य मन्त्री विल्बर रोस र यूएससीसीका प्रमुख क्यारोलिन बार्थोलोमी पनि छन्। 

बिहीबार लगाइएको प्रतिबन्ध अनुसार उनीहरुलाई चिनियाँ मुख्यभूमि, हङकङ र मकाओमा प्रवेश गर्न रोक लगाएको छ भने उनीहरूको सम्पत्ति रोक्का हुनेछ। 

चिनियाँ विदेश मन्त्रालयका अनुसार उनीहरूलाई चिनियाँ नागरिक र संस्थासँग पनि व्यापार गर्न निषेध गरिएको छ । 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .