एयरपोर्टका कर्मचारीमा कोरोना देखिएसँगै हङकङमा एकराते लकडाउन

एयरपोर्टका कर्मचारीमा कोरोना देखिएसँगै हङकङमा एकराते लकडाउन

नेपालखबर
पुस ९, २०७८ शुक्रबार १२:१९, काठमाडौँ

हङकङको विमानस्थलका एउटा कर्मचारीमा गरिएको प्रारम्भिक परीक्षणमा कोरोना संक्रमण देखिएसँगै एक रात लकडाउन गरिएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार विमानस्थलका ६४ वर्षीय एक कर्मचारीमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणको भएको हुन सक्ने प्रारम्भिक नतिजा देखिएको थियो।

यससँगै १२ सयभन्दा धेरै मानिसमा कोरोना संक्रमणको परीक्षण गरिएको थियो। यद्यपि सबैको नतिजा नेगेटिभ आएको थियो।

शुक्रबार स्थानीय समयअनुसार बिहान सवा ६ बजेबाट नियमित उडान पुनः सुरु भएको समाचारमा उल्लेख छ। 

बिहीबार हङकङको एक सफाइकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै साढे ७ बजेदेखि लागू हुने गरी अनिवार्य कोरोना परीक्षणको नियम लगाइएको थियो।

हङकङमा नोभेम्बरको अन्तिममा पहिलोपटक ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको थियो। त्यसयता अहिलेसम्म हङकङमा ३४ जनामा कोरोना संक्रमण देखिएको छ। भेटिएका सबै संक्रमित बाहिरबाट आएका हुन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .