हङकङका विश्वविद्यालयहरूबाट तियानमेन दमनको सम्झनामा बनाइएको थप दुई स्मारक हटाइएको छ।
चाइनिज युनिभर्सिटी अफ हङकङ (सीयूएचके)मा रहेको गडेस अफ डेमोक्रेसी सालिक हटाइएको छ भने लिङनान युनिभर्सिटीमा रेहेको रिलिप स्कुप्चर स्मारक हटाइएको हो।
एकदिनअघि मात्र हङकङ युनिभर्सिटीबाट चर्चित सालिक ‘पिलर अफ शेम’ हटाइएको थियो।
सीयूएचकेले प्रत्यक्षरुपमा सालिक हटाइएको पुष्टि नगरे पनि अनधिकृत मूर्तिहरू हटाइएको बताएको छ।
सीयूएचकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्याम्पसमा रहेको मूर्ति आधिकारिक नरहेको र यसको मर्मतसम्भारको जिम्मेवारी पनि कुनै संगठनले नलिएको कारण त्यस्ता मूर्तिहरु हटाइएको बताएको छ।
लिङनान युनिभर्सिटीले भने कानुनी तथा सुरक्षाको जोखिम रहेको भन्दै क्याम्पसमा रहेको स्मारकहरू हटाइएको बताएको छ।
213
Shares
प्रतिक्रिया