हङकङमा हटाइयो टियानमेन दमनको सम्झानामा बनाइएको ‘पिलर अफ शेम’

हङकङमा हटाइयो टियानमेन दमनको सम्झानामा बनाइएको ‘पिलर अफ शेम’

नेपालखबर
पुस ८, २०७८ बिहिबार ८:५७, काठमाडौँ

युनिभर्सिटी अफ हङकङमा टियानमेन दमनको सम्झनामा बनाएको मूर्ति ‘पिलर अफ शेम’ हटाइएको छ। कामदारहरुले रातभर लगाएर यो ८ मिटर अग्लो मूर्ति हटाएका हुन्। 

यो मूर्तिमा सन् १९८९ मा लोकतन्त्र समर्थित विरोध प्रदर्शनमा मारिएका मानिसको सम्झनामा यो मूर्ति बनाइएको हो। यो मूर्तिमा मारिएका मानिसहरुको आकृति पनि बनाइएको छ। टियानमेनमा भएको लोकतन्त्र समर्थकहरूको प्रदर्शन रोक्न चीनले गोली चलाएको थियो। 

हङकङ युनिभर्सिटीले यो मूर्ति हटाउन गत अक्टोबरमा आदेश दिएको थियो। युनिभर्सिटीले भनेको छ, ‘यो मूर्तिको विषयमा लिइएको यो निर्णय कानुनी सल्लाह र युनिभर्सिटीको सर्वोत्तम हितको लागि जोखिमको मूल्याङ्कनपछि लिइएको हो। मूर्ति भत्किने अवस्थामा थियो र युनिभर्सिटीलाई यसको सुरक्षाको चिन्ता थियो।’ 

यो मूर्ति डेनमार्कका मूर्तिकारले बनाएका थिए र २४ वर्षदेखि यो युनिभर्सिटीको परिसरमा थियो। मूर्ति बनाउने येन्स गेलसिटले मूर्ति हटाउनु ‘क्रुरता’ भएको बताएका छन्। उनले मूर्ति तोड्नु चिहान भत्काउनु सरह रहेको बताएका छन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .