हङकङमा मंगलबार राति दुई नेपाली महिला पक्राउ परेका छन्।
मध्यरातमा त्सिम शा त्सुईस्थित सइक्सबरी रोडमा रहेको होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो।
स्थानीय सञ्चारमाध्यले उल्लेख गरेअनुसार होटलका कर्मचारीलाई उनीहरुले नक्कली हङकङ आईडी (परिचयपत्र) बोकेको आशंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो। सोही क्रममा ३६ र ४१ वर्षीया दुई नेपाली महिला पक्राउ परेका हुन्। उनीहरुको नाम भने खुलाइएको छैन।
प्रहरीका अनुसार अहिले उनीहरुमाथि नक्कली कागजात बोकेको विषयमा अनुसन्धान भइरहेको छ।
5.4k
Shares
प्रतिक्रिया