हङकङ निर्वाचनबारे पश्चिमा मुलुकलाई चीनको जवाफ

हङकङ निर्वाचनबारे पश्चिमा मुलुकलाई चीनको जवाफ

नेपालखबर
पुस ७, २०७८ बुधबार ९:५०, काठमाडौँ

हङकङमा भएको संसदीय परिषद्(लेगको) निर्वाचनबारे पश्चिमा मुलुकले गरेको आलोचनाको चीन र हङकङले कडा जवाफ फर्काएका छन्।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले हङकङलाई अब कसैले स्थायित्व र समृद्धितर्फको यात्राबाट पछि फर्काउन नसक्ने बताएका छन्। हङकङमा अहिले ल्याइएको नयाँ व्यवस्थाले यहाँ गुणस्तरीय प्रजातन्त्रको युग सुरु भएको उनको भनाइ छ। 

यसअघि ईयू, जी७ र फाइभ आइजले हङकङमा भएको निर्वाचन स्वच्छ नभएको भन्दै आलोचना गरेका थिए। चीनले हङकङको लेगको निर्वाचन स्वच्छरुपमा सम्पन्न भएको बताएको छ। उसले यो निर्वाचनमा फरक फरक पृष्ठभूमिका विभिन्न राजनीतिक पार्टीका नेताले भाग लिएको बताएका छ। 

हङकङको विदेश मन्त्रालयले पनि लेगको निर्वाचनको नतिजा हङकङका नागरिकको इच्छा भएको उल्लेख गरेको छ। अहिले हङकङले सुरक्षा, स्थायित्व र शासनको लागि देशभक्त व्यक्ति मागेको विज्ञप्तिमा उल्लेख छ।

अर्को एक विज्ञप्तिमा मन्त्रालयले जी७ र ईयूका प्रतिनिधिले ‘एक मुलुक, दुई प्रणाली’को नीतिमा दखल दिने र राजनीतिक प्रहार गर्ने प्रयास गरेको आरोप लगाइएको छ। आइतबार भएको हङकङको लेगको निर्वाचनमा केवल ३०.२ प्रतिशत मतदाताले मतदान गरेका थिए। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .