समुद्रमा पौडिँदै गर्दा बेपत्ता भएका हङकङका एक भ्रष्टाचार अनुसन्धानकर्ताको शव फेला परेको छ।
सप्ताहन्तमा बेपत्ता भएका ४३ वर्षीय सेक विङ–हाङको शव सोमबार बिहान रिपल्स बे एरियाको साउथ बे बिचमा फेला परेको हो।
किनाराबाट १५ गज टाढा मात्र तैरिरहेको अवस्थामा उनको शव एक वृद्ध पौडीबाजले फेला पारेका थिए।
भ्रष्टाचारविरुद्धको स्वतन्त्र आयोग (आईसीएसी) मा काम गर्ने सेक पत्नी र दुई छोरीसहित आइतबार समुद्री किनारमा गएका थिए। पौडीमा अनुभवी उनी एक्लै पौडी खेल्न गएका थिए।
घाम अस्ताउनुअघि नै फर्किने भन्दै गएका उनी नआएपछि उनकी पत्नीले प्रहरी बोलाएकी थिइन्।
आपतकालीन उद्दारकर्ता तथा सरकारी हेलिकोप्टरले सो क्षेत्रमा उनको खोजी गरेको थियो।
एक सयभन्दा बढी अग्निनियन्त्रक र स्वास्थ्यकर्मीको टोली दुई दिनदेखि सो क्षेत्रमा खटिएका थिए।
प्रहरीका अनुसार उनकी पत्नीले उनको शव पहिचान गरेकी छन्। एससीएमपी
Shares
प्रतिक्रिया