हङकङका तस्करीविरुद्ध कारबाही गरिरहेका अधिकारीहरुले हालसम्मकै ठूलो परिमाणमा ‘फ्रोजन मिट’ बरामद गरेका छन्।
५० करोड हङकङ डलर मूल्यको १७ सय टन मासु भरिएको ६८ वटा कन्टेनर समातिएको अधिकारीहरुले बताएका छन्। जसमा अधिकांश बिफ छ।
समातिएको मासुको तौल २३ सय वटा गाई बराबर भएको बताइएको छ। यो मासु सम्भवतः मुख्यभूमि चीनतिर लगिँदै गरिएको अनुमान छ।
सीमापार तस्करी रोक्ने अभियानअन्तर्गत छापा मार्दा यो परिमाणको मासु बरामद भएको हो।
सेप्टेम्बरमा तस्करी रोक्ने कारबाहीका क्रममा इन्सपेक्टर लाम युन यीको मृत्यु भएको थियो। उनको मृत्युपछि तस्करीविरुद्ध सरकारले सशक्त कारबाही थालेको छ। एससीएमपी
प्रतिक्रिया