एकान्त खोज्ने जोडीलाई मात्र लक्षित गरी हङकङमा खुल्यो २३ तले ‘लभ होटेल’

एकान्त खोज्ने जोडीलाई मात्र लक्षित गरी हङकङमा खुल्यो २३ तले ‘लभ होटेल’

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १५:४५, काठमाडौँ

महामारी सुरु भएपछि पर्यटक आउन छाडे। त्यसमाथि महामारी लम्बिँदै गयो। संकटको घडीमा हङकङको एक होटेलका सञ्चालकहरुले ठूलै परिवर्तन गर्नुपर्ने निर्णय लिए। 

यस्तो स्थितिमा पनि सञ्चालकहरुले नयाँ होटेल खोल्ने निर्णय गरेको सुन्दा महाप्रबन्धक रेन यिमले पत्याउनै सकिनन्। नभन्दै अगस्टमा कजवे बेको केन्द्रमा म्युज एक्स नामक नयाँ होटेल खुल्यो। 

एकान्त खोज्ने जोडीहरुलाई लक्षित गरी यो होटेल खोलिएको हो। 

‘पूर्ण रुपमा लभ होटेलका रुपमा खुलेको हङकङको एक मात्र होटेल यही हो। मान्छेहरुका सामु उभिएर यो लभ होटेल हो, यहाँ घण्टाको दरले पैसा तिर्नुपर्छ भन्न हामीलाई कुनै लाज छैन,’ महाप्रबन्धक यिम भन्छिन्। 

म्युज एक्समा ५४ कोठा छन्। तिनको सजावट पनि सामान्य होटेल कोठाभन्दा अलग छ। जो विभिन्न थिमअनुसार सजाइएको छ। 

२३ तले यो होटेल एकान्त खोज्ने जोडीलाई मात्र लक्षित गरेर खोलिएको पहिलो होटल भएको जानकारहरु बताउँछन्। 

‘यो ठाउँ गुप्त लसपस वा छाडा व्यवहार गर्ने ठाउँ होइन, बरु एक सफा लभ होटेल हो, जसले परम्परागत होटेलहरुले झैँ ग्राहकहरुको सेवा गर्छ भन्ने छवि निर्माण गर्न सक्यौँ भने महामारीपछि यहाँ अनेक प्रकारका ग्राहक आकर्षित हुन सक्छन्,’ यिम भन्छिन्। 

मङ कोकको सोबेर होटेलले पनि आफूलाई रिब्रान्ड गरेर लभ होटेल बनाएको छ।

‘हामीले खुल्लमखुल्ला यो लभ होटेल हो भनेका छौँ। यहाँ लजाउने कुरा केही छैन,’ होटेलकी महाप्रबन्धक किट लाउ भन्छिन्।

म्युज एक्सले दुई घण्टा समयका लागि एउटा कोठाको २८० डलर हङकङ डलर शुल्क लिन्छ भने सोबेरमा चार घण्टाको ३८० डलर। 

होटेलहरुले महामारीपछिको नयाँ व्यापारिक यथार्थसँग समायोजन गरिरहेको सांसद यु सि विङ बताउँछन्।

‘सिंगो होटेल सेक्टर ग्राहकका लागि नयाँनयाँ स्रोत खोज्न बाध्य भएको छ,’ उनले भने। एससीएमपी


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .