मुख्यभूमि चीनसँग आवतजावत खुला गर्न हङकङले कोभिड–१९ को क्वारेन्टिन र परीक्षण बढाउनुपर्ने बेइजिङले बताएको छ।
हङकङका मुख्य सचिव जो ली काचिउले सप्ताहन्तमा सेन्झेनमा बेइजिङका अधिकारीहरुसँग बैठक गरेका थिए। सो वार्ता रचनात्मक भएको उनले सोमबार बताए।
आवतजावत खुला गर्नुअघि हङकङको महामारी रोकथामको रणनीतिमा तीन क्षेत्रमा सुधार गर्नुपर्ने उनले बताए।
खासगरी कोभिड परीक्षण, यात्रुहरुको क्वारेन्टिन प्रणाली र जोखिम न्यूनीकरणका उपायहरुमा प्रगति गनुपर्ने देखिएको उनको भनाइ छ।
यद्यपि, बेइजिङले कुनै सर्त अघि नसारेको लीले बताए।
आइतबार दुवैतर्फका करिब २० जना अधिकारीहरुबी बैचठक भएको थियो। एससीएमपी
36
Shares
प्रतिक्रिया