अचेत अवस्थामा फेला परेका एक वृद्धको मृत्यु भएपछि हङकङ प्रहरीले सो घटनासँग सम्बन्धित एक महिलाको खोजी गरिरहेको छ।
सोमबार दिउँसो मा ओन सानको पब्लिक हाउजिङबाट एम्बुलेन्स र प्रहरीलाई बोलाइएको थियो। छिमेकीले १९ औँ तलाको करिडोरमा अचेत अवस्थामा एक वृद्ध लडिरहेको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
८० वर्षमाथिका देखिने ती वृद्धको अनुहार र हातमा चोट थियो।
‘सुरुवाती परीक्षणमा हात र अनुहारमा चोट देखियो,’ प्रहरी प्रवक्ताले भनेका छन्, ‘नजिकैको सिँढीमा पनि रगतको दाग देखिएको छ। तर हतियार फेला परेको छैन।’
ती वृद्धलाई प्रिन्स अफ वेल्स अस्पताल पु¥याइएको थियो। जहाँ साढे २ बजे उनलाई डाक्टरले मृत घोषित गरेका थिए।
यस घटनामा सम्बन्धित ५० वर्ष हाराहारीकी एक महिलाको खोजी भइरहेको प्रहरीले बताएको छ।
यद्यपि मृतक र ती महिलाबीचको सम्बन्ध प्रहरीले सार्वजनिक गरेको छैन। एससीएमपी
Shares
प्रतिक्रिया