कोरोना भाइरसविरुद्धको खोप नलगाएका स्टाफलाई बर्खास्त गरेपछि क्याथे प्यासिफिक एयरवेजले समानतासम्बन्धी कानुन उल्लंघन गरेको आरोप लागेको छ।
समान अवसर आयोगले सो एयरवेजलाई चेतावनी दिएको छ। आयोगका प्रमुख रिकी चु मानकिनले सोमबार आफूमाथि विभेद भएको महसुस गरेरमा बर्खास्तीमा परेका स्टाफहरुले उजुरी गर्न पाउने बताए।
‘यदि कुनै स्टाफले खोप नलगाएको कारणले आफूलाई अलग व्यवहार गरिएको वा बर्खास्त गरिएको महसुस गरेमा हामीकहाँ उजुरी गर्न सक्नुहुन्छ,’ चुले भने।
गतसाता क्याथेले विमान चालक दलका केही सदस्यलाई बर्खास्त गरेको थियो। जसमध्ये केही स्टाफले आफूहरुले स्वास्थ्य समस्याका कारण खोप नलगाएको बताए पनि बर्खास्त गरेको आरोप लगाएका छन्।
एक विमान परिचारिकाले आफूलाई मुटुसम्बन्धी समस्या रहेकाले खोप लगाउने या नलगाउने विषयमा निर्णय गर्न नसकेको र डाक्टरहरुसँग सल्लाह लिइरहेको बताइन्। यद्यपि आफूलाई यसै महिना बर्खास्त गरिएको उनको भनाइ छ।
उनले श्रम विभागसँग सहयोग माग्ने पनि बताइन्। एससीएमपी
Shares
प्रतिक्रिया