आठ सयभन्दा बढी बिरामीको महत्वूर्ण विवरण हराएपछि हङकङका दुई अस्पतालले माफी मागेका छन्।
क्विन म्यारी हस्पिटल र तुङ वा ग्रुप अफ हस्पिटल्स फुङ यु किङ हस्पिटलमा यस्ता घटना भएका हुन्।
पोक फु लामस्थित क्विन म्यारी अस्पतालको ल्याब लगबुक नै हराएको थियो। जसमा ८१५ बिरामीको अंग्रेजी नाम, जन्ममिति र परिचय पत्र समावेश थियो।
फेब्रुअरीदेखि अगस्टसम्म त्यहाँ उपचार गराएका बिरामीको ती विवरण हराएको हो।
फाइल हराएको अगस्ट २६ दिन कर्मचारीले थाहा पाएका थिए।
अर्को घटनामा स्यान्डी बेलेफ्टस्थित फुङ यु किङ हस्पिटलका डाक्टरले २८ जना बिरामीको फाइल सार्वजनिक पार्किङमा छाडेका थिए। जसमा बिरामीको चिनियाँ र अंग्रेजी नाम, परिचय पत्र नम्बर, उमेरलगायतका विवरण थिए।
२४ जना बिरामीको औषधिको प्रेस्क्रिप्सन समेत त्यसमा समावेश थियो।
दुवै फाइल खोजी गर्दा पनि भेटिएको छैन।
दुवै अस्पतालले बिरामीको कागजात सम्हाल्ने विषयमा होसियारी अपनाउने प्रतिबद्धता गरेका छन्। एससीएमपी
Shares
प्रतिक्रिया