नेपालमा खोप लगाएको प्रमाणलाई हङकङले मान्यता दिने,  स्कुल खुल्दै

नेपालमा खोप लगाएको प्रमाणलाई हङकङले मान्यता दिने,  स्कुल खुल्दै

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १७:५७, काठमाडौँ

हङकङ सरकारले नेपालमा खोप लगाएको प्रमाणपत्रलाई सेप्टेम्बर १५ देखि मान्यता दिने भएको छ। 

शुक्रबार सरकारले सो निर्णय गरेको हो। यससँगै नेपाल, बंगलादेश, यूएई र सिंगापुरमा खोप लगाएको प्रमाणपत्रले मान्यता पाउने भएका छन्। 

नेपाल, बंगलादेश र यूएईलाई हङकङले उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ भने सिंगापुरलाई मध्यम जोखियुक्तमा। 

शुक्रबार हङकङमा पाँच नयाँ संक्रमण पुष्टि भएका छन्। तर, ती सबै आयातित हुन्। 

त्यस्तै, हङकङका पाँच वटा माध्यामिक स्कुल खुल्ने भएका छन्। ७० प्रतिशत विद्यार्थीले खोप लगाइसकेकाले निश्चित कक्षाहरु सोमबारदेखि दिनभर सञ्चालन हुने बताइएको छ।

शिक्षा सचिव केभिन युङले शुक्रबार बताएअनुसार हङकङका सबै स्कुलका शिक्षकहरुले गत सातासम्ममा कम्तीमा पहिलो डोज खोप लगाइसकेका छन्। खोप नलगाएकाहरुको नियमित परीक्षण हुने उनले बताए। 

गतवर्षको जनवरीदेखि विद्यार्थी उपस्थित भएर दिनभर कक्षा सञ्चालन भएको थिएन। गत महिना सरकारले ७० प्रतिशतले पूर्ण खोप लगाइसकेपछि स्कुल सञ्चालन गर्न सकिने बताएको थियो। 

यद्यपि १२ वर्षमुनिकालाई हङकङमा खोप लगाइएको छैन। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .