हङकङस्थित ब्यांक अफ कम्युनिकेसन्स का एक पूर्व प्रमुख बेपत्ता भएका छन्। आइतबार हाइकिङका लागि गएका शाउ फुकाङ हालसम्म फेला परेका छैनन्।
५९ वर्षीय शाउको खोजीमा २ सयभन्दा बढी व्यक्ति परिचालन गरिएको छ।
आइतबार साँझ एक नातेदारसँग निर्धारित रात्रिभोजमा उपस्थित नभएपछि ती नातेदारले सोमबार बिहान शाउका सहकर्मीलाई जानकारी गराएकी थिइन्। उनीहरु दुवै उनको फ्ल्याटमा पुग्दा शाउ नभेटिएपछि प्रहरीमा रिपोर्ट पुगेको थियो।
सीसीटीभी फुटेजमा शाउ आइतबार बिहान ७ बज्नुअघि घरबाट निस्केको देखिएका छन्। उनको टेबलमा साइ कुङको नक्सा फेला परेको छ।
सांघाईमा रहेकी उनकी पत्नीले आफूलाई शाउले आइतबार हाइकिङमा जाने जानकारी गराउँदै मेसेज गरेको बताएकी छन्।
अन्तिम पटक आइतबार दिउँसो शाउ सेक उक सानमा देखा परेका थिए।
बुधबार साइ कुङ कन्ट्री पार्कस्थित सेक उक सानमा पुरै खोजी गरिएको छ।
उनको फोनको सिग्नल समेत फेला नपरेको बताइएको छ।
शाउ सन् १९८७ देखि सो बैंकमा कार्यरत छन्। २००७ मा उनी बैंकको निर्देशक बनेका थिए। २०१७ देखि १९ सम्म उनी बैंकका अध्यक्ष थिए। एससीएमपी
Shares
प्रतिक्रिया