नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम सर्लाही क्षेत्र नम्बर ४ बाट पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएको छ।
आइतबार बसेको क्षेत्रीय भेलाले महामन्त्री थापाको नाम सर्वसम्मत रुपमा निर्णय गरी एकल सिफारिस गर्ने निर्णय गरेको हो।
भेलामा मधेश प्रदेश कार्यसमितिका उपसभापति वीरेन्द्र सिंह, जिल्ला सभापति सुरेन्द्र सिंह, क्षेत्रीय सभापति रामआत्रेय साहलगायत महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु उपस्थित थिए।
महामन्त्री थापाको नाम यसअघि कास्कीबाट पनि सिफारिस भएको थियो। थापाले भने आफूप्रति शुभेच्छा राखेकोमा धन्यवाद दिँदै काठमाडौं ४ बाटै चुनाव लड्ने बताएका थिए।
सर्लाही ४ बाट प्रदेशसभातर्फ प्रत्यक्षका लागि वीरेन्द्र सिंह, रघुवीर कार्की, शिवशंकरप्रसाद रिजाल (जोगिन्दर), राजेश्वरप्रसाद सिंह, श्यामसुन्दर यादवलगायतको नाम सिफारिस भएको छ।
Shares
प्रतिक्रिया