बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ।
गुलरिया नगरपालिका–५, सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो।
गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए।
गए राति दुई समूहबीच झगडा भएको थियो।
झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
87
Shares
प्रतिक्रिया