रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भानुभक्त पाण्डेविरुद्ध आक्रमण प्रयास भएको छ। बिहीबार राति सैनामैना–२ कालिका चोकमा उनीविरुद्ध आक्रमण प्रयास गरिएको प्रहरीले जनाएको छ।
बाँसगढीबाट तामनगरतर्फ जाँदै गर्दा वडाध्यक्ष पाण्डे चढेको गाडीमा आक्रमणकारीले बियरको बोतलले हानेका हुन्। बाेतलले लागेर गाडीको सिसा फुटे पनि वडाध्यक्ष पाण्डेलाई भने कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ।
आक्रमणमा संलग्न आरोपमा प्रहरीले सैनामैना–२ का कसिस श्रेष्ठ, सैनामैना–४ का राजन कालामगर र सैनामैना–५ का अर्जुन भुसाललाई नियन्त्रणमा लिएको थियो। तर अहिले परिवारको जिम्मा लगाएर छाडिएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख जीवन लामिछानेले जानकारी दिए।
45
Shares
प्रतिक्रिया