संखुवासभामा ‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ।
मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएका थिए।
मृतकको शव परीक्षण आज धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिनेछ।
शव परीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डीएसपी श्रेष्ठले बताए। रासस
36
Shares
प्रतिक्रिया