प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार बिहानदेखि मात्रै हुने भएको छ।
दुर्गम स्थान चुलाचुली, माङसेबुङलगायतका क्षेत्रका मतपेटिका आइपुग्न बिहान २ बजेसम्म लाग्ने भएकाले आइतबार बिहानदेखि मात्रै मतगणना हुने भएको हो।
मतगणनाअघि सर्वदलीय बैठक गर्ने तयारी छ।
शनिबार सम्पन्न मतदानमा इलाम २ मा ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ। अहिले गाउँ–गाउँबाट मतपेटिका संकलन गर्ने क्रम जारी छ।
इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उक्त क्षेत्रमा नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।
यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को मतगणना पनि आइतबारदेखि हुने त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Shares
प्रतिक्रिया