ad ad

कोशी


मोरङमा घर खानतलासी गर्दा लागुऔषध र साढे ५ लाख नगदसहित युवती पक्राउ

मोरङमा घर खानतलासी गर्दा लागुऔषध र साढे ५ लाख नगदसहित युवती पक्राउ

मोरङमा लागुऔषध र नगदसहित पक्राउ परेकी सुनिता राई


नेपालखबर
चैत २, २०८० शुक्रबार ६:५०, काठमाडौँ

मोरङमा प्रहरीले लागुऔषध र झन्डै साढे ५ लाख रुपैयाँसहित एक युवतीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार जिल्लाको सुन्दरहरैचा नगरपालिका-३, बस्ने ३० वर्षीया सुनिता राईलाई लागुऔषध र नगदसहित पक्राउ गरिएको हो। 

प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार गत फागुन ३० गते राईको घरमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरी टोली पुग्दा लागुऔषध ब्राउन सुगर बरामद भएको हो। 

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले राईको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर, ३.५ केजी गाँजा र नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँ बरामद गरेको हो। 

सुनिता राईको घरबाट बरामद  लागुऔषध, नगदलगायत सामान

साथै डिजिटल तराजु २ थान र विभिन्न कम्पनीका मोबाइल २ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .