ad ad

कोशी


भुटानी शरणार्थीका नाममा ठगी गर्ने गिरोहलाई कारबाही गर्न खबरदारी

भुटानी शरणार्थीका नाममा ठगी गर्ने गिरोहलाई कारबाही गर्न खबरदारी

नेपालखबर
बैशाख २८, २०८० बिहिबार २१:६, काठमाडौँ

बृहत् नागरिक आन्दोलनले भुटानी शरणार्थीका नाममा नेपालीहरुलाई अमेरिका उडाउने भन्दै ठगी गर्ने गिरोहलाई कारबाही गर्न खुट्टा नकमाउन सरकालाई खबरदारी गरेको छ।

बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार बिरुद्धको अभियान नाम दिएर आज विराटनगरको टाफिकचौकमा आयोजित खबरदारी सभामा  नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुक पठाउन संलग्नलाई कावाहीको सुरुवात गरेकोमा सरकारको हिम्मतका लागि आभार व्यत्क्त समेत गरेका छन्।

नागरिक अगुवाहरूले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरू राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी समेत गरेका छन्।

उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई अनुसन्धान चलाउनु र कारबाही थाल्नु राम्रो, तर विगतमा थुप्रै काण्डहरुमा मुछिएका अनुहारहरुलाई दलीय सहमतिका नाममा उन्मुक्ति दिएका दृष्टान्त समेत रहेकाले यस्ता घटनाका दोषीलाई कारबाही अघि बढाउन पनि आग्रह गरेका छन्।

बृहत् नागरिक आन्दोलनको व्यानरमा आयोजित खबरदारी  सभामा सहभागीहरूले  ‘सरकार, हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार, जुनै लिंग, जुनै पार्टीको भएपनि भ्रष्टाचारी नेपालका लागि बोझ हुन, ए भ्रष्टाचारी तरो नर्कमा बास होस लगायतका लेखिउको प्लेकार्ड प्रर्दशन गरिएको थियो।

बृहत् नागरिक आन्दोलन,भ्रष्टाचार बिरुद्धको अभियान लिखित व्यानरमा आयोजित खबरदारी सभामा गानरीक अगुवा,सामाजिक अभियान्त, लेखक ,पत्रकार, प्राध्यापक महिला अधिकारकर्मी र सत्तारुढ दल नेपाली काग्रेसमा आबद्ध जिल्लास्तरका नेताहरुको सहभागीता रहेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन भने एमालेका तत्कालिन सचिव टोपबहादुर रायमाझी फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .