भारतको राजधानी नयाँ दिल्लीस्थित विमानस्थलबाट आज (मंगलबार) बिहान वाराणसीका लागि उड्न ठिक्क परेको विमानमा बम रहेको हल्ला भएपछि आतंक मच्चिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान इन्डिगोको फ्लाइट (६ई२२११) मा एउटा टिस्यु पेपर भेटियो, जसमा लेखिएको थियो ‘३० मिनेटमा बम विस्फोट हुनेछ’।
त्यसपछि चालक दलका सदस्यले यात्रुलाई इमर्जेन्सी गेटबाट बाहिर निकालेका थिए। केही यात्रु विमानको पंखाबाट समेत हतार हतार ओर्लिएका थिए। विमानमा १७६ यात्रु थिए।
दिल्ली एयरपोर्टमा क्यूआरटी र बम डिस्पोजल टोली बोलाइएको थियो। विमानभित्र खोजी गरियो तर अधिकारीहरूले शंकास्पद वस्तु केही फेला पारेनन्।
विमानस्थलका अधिकारीहरूले बिहान करिब ५:३० बजे पाइलटले शौचालयमा टिस्यु पेपर फेला पारेको बताएका छन्। टिस्यु पेपर कसरी शौचालयमा पुग्यो भन्ने अनुसन्धान भइरहेको छ।
हेर्नुहोस् त्यो क्षणको भिडिओ-
#WATCH | Passengers of the IndiGo flight 6E2211 operating from Delhi to Varanasi were evacuated through the emergency door after a bomb threat was reported on the flight. All passengers are safe, flight is being inspected.
— ANI (@ANI) May 28, 2024
(Viral video confirmed by Aviation authorities) https://t.co/el2q5jCatx pic.twitter.com/ahVc0MSiXz
Shares
प्रतिक्रिया