ad ad

ग्लोबल


हवाई सेवा खुलेलगत्तै विदेशबाट फर्किँदै ६ लाख नेपाली

हवाई सेवा खुलेलगत्तै विदेशबाट फर्किँदै ६ लाख नेपाली

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १७:४,

हवाई सेवा खुलेलगत्तै झन्डै ६ लाख नेपाली स्वदेश फर्किने भएका छन्।

कोरोना भाइरस महामारीका कारण विभिन्‍न मुलुकमा अलपत्र परेका ५ लाख ८८ हजार ७ सय नेपाली स्वदेश फर्किन चाहेका हुन्।

परराष्ट्र मन्त्रालयको संयोजनमा वैदेशिक रोजगार बोर्डलगायत सरकारी निकायले विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोग तथा गैरआवासीय नेपाली संघसँगको सहकार्यमा संकलन गरिएको विवरण हो यो।

मन्त्रालयका अनुसार यसरी फर्किन चाहने नेपालीमा धेरैजसो कोरोनाका कारण रोजगारी गुमाएका नेपाली छन्।

त्यसैगरी नियमित रूपमा स्वदेश आउन चाहेको तर हवाई उडान बन्द भएर रोकिएका, भिसा म्याद सकिएका, पर्यटकका रूपमा विदेश गएर अड्किएका नेपाली छन्।

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख १० हजार ८ सय ७१ जनाई तत्काल उद्धार गरेर स्वदेश ल्याउनुपर्ने र बाँकी ३ लाख ७७ हजारभन्दा बढी नागरिकलाई पनि स्वदेश फर्काउनुपर्ने अवस्था रहेको जानकारी दिएका हुन्।

भारतबाट स्वदेश फर्किनेको संख्या साढे २ लाख रहेको मन्त्री ज्ञवालीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .