ad ad

ग्लोबल


अमेरिकाको कोरोना केन्द्र न्युयोर्कमा पाँचौं नेपालीको मृत्यु

अमेरिकाको कोरोना केन्द्र न्युयोर्कमा पाँचौं नेपालीको मृत्यु

नेपालखबर
चैत २६, २०७६ बुधबार १६:४,

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड—१९) बाट सर्वाधिक मान्छे प्रभावित भएको न्युयोर्कमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। न्युयोर्क निवासी ङिमातेम्बा शेर्पाको निधन भएको एनआरएनए—अमेरिकाको जनसम्पर्क समिति सदस्य गोकुल बानियाँले नेपालखबरलाई जानकारी दिए।

कोरोना संक्रमणका कारण न्युयोर्कमा पाँचौं नेपालीको ज्यान गएको हो। यसअघि न्युयोर्कका सोनाम लामा, ज्याक्सन हाइट निवासी थोक्मे विष्ट, न्युयोर्ककै अजयमान छोँचु र निङ्मा तेम्बा शेर्पाको निधन भएको थियो।

उनकाअनुसार शेर्पाको अमेरिकी समयअनुसार बुधबार बिहान ५ बजे क्विन्सस्थित एल्मस्र्ट अस्पतालमा मृत्यु भएको हो। ‘उहाँ २ सातादेखि अस्पतालमा उपचार गराइरहनु भएको थियो। बुधबार बिहान निधन भएको जानकारी अस्पतालले परिवार सदस्यलाई दिएको हो’, उनले भने।

न्युयोर्कको ज्याक्सन हाइट क्षेत्रमा बसोबास गर्दै आएका शेर्पाका श्रीमती, एक छोरा र एक छोरी छन्। न्युयोर्कमा धेरै नेपाली कोरोनाबाट संक्रमित रहेको बानियाँ बताउँछन्। यकिन तथ्यांक भने कसैसँग पनि उपलब्ध छैन।

शेर्पा किदुग अमेरिकाका आजीवन सदस्य थिए। सो संस्थाले उनको निधनको पुष्टि गर्दै समवेदना प्रकट गरेको छ। न्युयोर्कमा कोरोना महामारी सुरु भएपछि पछिल्ला १५ दिनमा न्युयोर्कमा ५ नेपालीले ज्यान गुमाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .