ad ad

ग्लोबल


इजरायल-हिजबुल्लाह युद्ध तीव्र बन्दै, बेलायतले आफ्ना नागरिकलाई भन्यो: तुरुन्त लेबनान छाड्नू

इजरायल-हिजबुल्लाह युद्ध तीव्र बन्दै, बेलायतले आफ्ना नागरिकलाई भन्यो: तुरुन्त लेबनान छाड्नू

नेपालखबर
असोज ९, २०८१ बुधबार २१:१९, काठमाडौँ

इजरायल र हिजबुल्लाहबीच युद्ध तीव्र बन्दै गएको छ। यस क्रममा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले लेबनानमा रहेका बेलायती नागरिकलाई तत्काल लेबनान छाड्न आग्रह गरेका छन्।

प्रधानमन्त्री स्टार्मरले भने, "बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै हामी थप तयारी गरिरहेका छौँ।"

बेलायतको रक्षा मन्त्रालयले लेबनानबाट बेलायती नागरिकलाई बाहिर निकाल्न ७०० सैनिकको फौज पठाउने भएको छ। बेलायती सरकारले नागरिकलाई लेबनान नजान पनि सल्लाह दिएको छ।

हाल करिब १० हजार बेलायती नागरिक लेबनानमा बस्छन्। 

अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, साउदी अरेबिया, दक्षिण कोरिया र अमेरिकालगायत अन्य धेरै देशले पनि आफ्ना नागरिकलाई लेबनान छाड्न आग्रह गरेका छन्।

इजरायलका अनुसार बुधबार हिजबुल्लाहले तेल अभिभतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसलाई रोक्न इजरायल सफल भएको थियो। हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौँ मिसाइल प्रहार गरेको जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अहिले आफ्नो देशको सम्पूर्ण ध्यान युद्धको अवस्थाबाट बच्नमा केन्द्रित रहेको बताएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहान इजरायली हमलामा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .