ad ad

ग्लोबल


श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले गरे संसद् भंग, संसदीय निर्वाचन घोषणा

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले गरे संसद् भंग, संसदीय निर्वाचन घोषणा

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायके


नेपालखबर
असोज ९, २०८१ बुधबार १०:५०, काठमाडौँ

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। 

अब मुलुकमा आगामी नोभेम्बर १४ मा संसदीय निर्वाचन गर्ने घोषणा गरिएको छ। 

२२५ सिटमध्ये दिसानायकेको पार्टी नेसनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको छ।

यसअघि मंगलबार मात्र दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बनेको यो तेस्रोपटक हो।

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसदीय निर्वाचनका लागि छिट्टै संसद् विघटन गर्ने बताएका थिए।

उनले यसअघि जनताको इच्छाविपरीत बनेको संसद्‍लाई निरन्तरता दिनुको कुनै अर्थ नभएको बताएका थिए।

यसअघि सन् २०२० को अगस्टमा श्रीलंकामा आम निर्वाचन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .