ad ad

ग्लोबल


पेजर विस्फोट हुँदा हिजबुल्लाहका ९ सदस्यको मृत्यु, सयौँ घाइते

पेजर विस्फोट हुँदा हिजबुल्लाहका ९ सदस्यको मृत्यु, सयौँ घाइते

नेपालखबर
असोज २, २०८१ बुधबार ७:१८, काठमाडौँ

म्यासेजमार्फत कुरा गर्न प्रयोग गरिने पेजर विस्फोट हुँदा लेबनानको सशस्त्र समूह हिज्बुल्लाहका कम्तीमा ९ जनाको मृत्यु भएको छ भने सर्यौँ सदस्य घाइते भएका छन्।

बीबीसीका अनुसार यस घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले यस घटनामा हालसम्म २ हजार ७५० जना घाइते भएको जनाएको छ। तीमध्ये २ सय जनाको अवस्था चिन्ताजनक रहेको मन्त्रालयले जनाएको छ।

हिजबुल्लाहले यस आक्रमणको दोष इजरायललाई लगाएको छ। विज्ञप्ति जारी गर्दै हिजबुल्लाह समूहले यसको उचित सजाय दिने बताएको छ।

हिजबुल्लाहले विज्ञप्तिमा भनेको छ, ‘यस आक्रमणका लागि शत्रुलाई अवश्य सजाय दिइनेछ, हामी प्यालेस्टिनी जनताको संघर्षलाई पूर्ण समर्थन जारी राख्नेछौँ।’ 

इजरायलका तर्फबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

बीबीसी संवाददाता पाउल एडम्सका अनुसार लेबनानको राजधानी बेरुतबाट बेका उपत्यका र छिमेकी देश सिरियामा पेजर विस्फोटका खबर आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .