ad ad

ग्लोबल


रुसको पछिल्लो आक्रमणविरुद्ध जेलेन्स्की: युक्रेनले उचित जवाफ दिनेछ

रुसको पछिल्लो आक्रमणविरुद्ध जेलेन्स्की: युक्रेनले उचित जवाफ दिनेछ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
भदौ ११, २०८१ मंगलबार १९:४४, काठमाडौँ

युक्रेनमा रुसको पछिल्लो आक्रमणमा चार जनाको मृत्यु भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले उचित जवाफ दिने बताएका छन्। 

बीबीसीका अनुसार सोमबार रातिदेखि रुसले युक्रेनमा गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

जेलेन्स्कीका अनुसरा रुसले हिजोदेखि युक्रेनी नागरिक र पूर्वाधारमा ९० हवाई आक्रमण गरेको छ। यी आक्रमणमा कम्तीमा ८१ ड्रोन, क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइल प्रयोग गरिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- रुसका वर्तमान र विगतका आक्रमणको जवाफ पक्कै हुनेछ। मानवता विरुद्धको अपराधमा छुट दिइने छैन। 

युक्रेनको वायुसेनाले हिजोदेखि अहिलेसम्म पाँच रुसी मिसाइल र ६० ड्रोन खसालेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .