ad ad

ग्लोबल


‘कट्टर ताइवान स्वतन्त्रतावादी’लाई सजाय दिन चीनले ल्यायो नयाँ मार्गनिर्देश

मृत्युदण्डसम्मको सजाय, अनुपस्थितिमा पनि मुद्दा चलाउन सकिने
‘कट्टर ताइवान स्वतन्त्रतावादी’लाई सजाय दिन चीनले ल्यायो नयाँ  मार्गनिर्देश

नेपालखबर
असार ८, २०८१ शनिबार १४:४४,

ताइवानको स्वतन्त्रता चाहनेहरूलाई कानुनी कारबाहीका लागि चीनले नयाँ मार्गनिर्देश जारी गरेको छ। जसमा कसुरअनुसार मृत्युदण्डसम्मको व्यवस्था छ।

अलगाववादी गतिविधि गर्ने तथा भड्काउनेहरूविरुद्ध उनीहरूको अनुपस्थितिमै मुद्दा चलाउने व्यवस्था पनि गरिएको छ। कुनै पनि विदेशी संस्था वा व्यक्तिसँग मिलेर त्यस्तो गतिविधि गर्नेलाई कारबाही गरिने छ।

चीनको सर्वोच्च अदालत, सरकारी वकिल कार्यालय तथा सार्वजनिक सुरक्षा, राष्ट्रिय सुरक्षा र न्याय मन्त्रालयले शुक्रबार सो मार्गनिर्देश संयुक्त रुपमा जारी गरेका हुन्। जुन तत्कालै लागू भएको छ।

विभिन्न कानुनमा आधारित सो मार्गनिर्देशमा २२ धारा छन्। 

तर, यो व्यवस्था अतिकम संख्यामा रहेका कट्टर ताइवान स्वतन्त्रतावादीहरूलाई मुद्दा चलाउन मात्र प्रयोग गरिने जनाइएको छ।

ताइवानका नयाँ राष्ट्रपति लाइ चिङ तेले सत्ता सम्हालेलगत्तै चीनले यस्तो व्यवस्था गरेको हो। लाइ ताइवान स्वतन्त्रता पक्षधर नेता हुन्। ग्लोबल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .