ad ad

ग्लोबल


२४ घण्टा नबित्दै पुटिनले बोली फेरे, वाग्नर समूहलाई भने-देशभक्त

२४ घण्टा नबित्दै पुटिनले बोली फेरे, वाग्नर समूहलाई भने-देशभक्त

नेपालखबर
असार १२, २०८० मंगलबार १०:१०, काठमाडौँ

वाग्नर समूहको विद्रोहपछि रुसी राष्ट्रपति भ्लादिमर पुटिनले राष्ट्रको नाममा सम्बोधन गर्दै वाग्नर समूहलाई देशद्रोही बताए।

उनले वाग्नर समूहलाई देशद्रोही बताउँदै अपराधिक मुद्दा समेत लगाएका थिए।

जुन २४ को एकाबिहानै रुसी शक्तिशाली निजी अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनले पुटिनविरुद्ध विद्रोह गरेका थिए। पुटिनको सत्ताच्यूत गर्ने चेतावनीसहित उनी मस्को कब्जा गर्न अघि बढेका थिए। त्यस क्रममा वाग्नर समूह दक्षिण सहर रोस्तोभ कब्जा गरी २५ हजार तालिमप्राप्त सेनाका साथ प्रिगोजिन मस्को कब्जा गर्न अघि बढेको थियो।

तर बेलारुसका रास्ट्रपति अलेकजेन्डर लुकासेन्कोले प्रिगोजिनसँग लामो वार्ता गरेपछि उनी रोकिए र फिर्ता हुने निर्णय गरे।

राष्ट्रपति पुटिनले वाग्नर समूह पछि हटेपछि सोमबार राति पुन: राष्ट्रको नाममा सम्बोधन गरेका छन्।

रुसी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र यसमा भाग लिने नेताहरूको उल्लेख गरेका छन्। विद्रोहको प्रयासमा संलग्न नेताहरूलाई कानुनी कठघरामा ल्याउने बताए, तर त्यहाँका सेनाहरू देशभक्त भएको उनले बताए।

वाग्नर सैनिकहरूलाई देशभक्तको रूपमा वर्णन गर्दै उनीहरूलाई रूसी सेनामा भर्ती हुन आग्रह उनले गरे।

'हामीलाई थाहा थियो कि वाग्नर समूहका अधिकांश लडाकु र कमाण्डरहरू पनि रुसी देशभक्त हुन्। आफ्ना जनता र राज्यप्रति वफादार। उनले युद्धको मैदानमा आफ्नो साहसबाट यो प्रमाणित गरेका छन्,' पुटिनले भने। सम्बोधनका क्रममा पुटिनले प्रिगोजिनको नाम भने लिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .