ad ad

ग्लोबल


मुम्बईको समुन्द्रमा डुबेर दुई बालकको मृत्यु, दुई जना बेपत्ता

मुम्बईको समुन्द्रमा डुबेर दुई बालकको मृत्यु, दुई जना बेपत्ता

बालकहरू डुब्दै गर्दाको फुटेज


नेपालखबर
जेठ ३१, २०८० बुधबार ७:२१, काठमाडौँ

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको राजधानी मुम्बईमा समुन्द्रमा डुबेर दुई बालकको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्।

करिब १२ वर्ष आसपासका उनीहरू जुहु समुद्र तटमा लाइफगार्डको कललाई बेवास्ता गर्दै पुगेको बताइएको छ। उनीहरू किनारबाट करिब आधा किलोमिटर समुद्रतर्फ गएको एक स्थानीय सरकारी अधिकारीले बताएका छन्।

उद्धारकर्ताले दुई बालकलाई फेला पारेर कुपर अस्पताल पुर्‍याए। चिकित्सकको टोलीले उनीहरूलाई मृत घोषितत गर्‍यो। बाँकी दुई जना बेपत्ता भएकाहरू डुबेको हुनसक्ने अनुमान गरिएको छ।

घटना लगत्तै स्थानीय मछुवा र दमकलका उद्धारकर्ताले बालकको खोजीकार्य गरिरहेका छन्।

चक्रवात विपरजोय अरब सागरमा तीव्र बन्दै गएपछि मुम्बईको तटीय क्षेत्रमा आँधी चलिरहेको बेला उक्त घटना भएको हो।

स्थानीय अधिकारीले यसअघि नै सर्वसाधारण र माछा मार्नेलाई समुद्रमा जान नदिन चेतावनी दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .