ad ad

ग्लोबल


सानो मुलुकमा अमेरिकाले सहरजत्रो दूतावास बनाएपछि विरोध

सानो मुलुकमा अमेरिकाले सहरजत्रो दूतावास बनाएपछि विरोध

नेपालखबर
जेठ १, २०८० सोमबार २१:५२,

मात्र १० हजार ४५२ वर्गकिमि क्षेत्रफल भएको मध्यपूर्वी मुलुक लेबनानमा अमेरिकाले सिंगै सहरजत्रो दूतावास बनाएपछि विवाद सुरु भएको छ। ८० प्रतिशत जनता गरिबीको रेखामुनि भएको सो मुलुकमा अमेरिकाले भव्य दूतावास बनाएको हो।

यो दूतावास राजधानी बेरुतको केन्द्रबाट १३ किमि टाढा छ। हाल अमेरिकी दूतावास भएकै ठाउँमा नयाँ दूतावास बनाइएको हो।

४३ एकडभन्दा ठूलो क्षेत्रमा बन्न लागेको यो दूतावास हाल ह्वाइट हाउसको कम्पाउन्डभन्दा अढाई गुणा ठूलो छ। यसमा २१ वटा फुटबल मैदान बनाउन सकिन्छ।

थुप्रै लेबनानीहरुले ट्विटरमा यति सानो मुलुकमा अमेरिकालाई त्यत्रो दूतावास किन चाहिएको हो भनेर प्रश्न गरेका छन्। लेबनान अमेरिकाको कनेक्टिकट राज्यभन्दा पनि सानो छ। जहाँ ६० लाख मानिस बस्छन्। 

त्यसमाथि लेबनानमा अमेरिकी पर्यटक पनि जाँदैनन्। किनभने लेबनानविरुद्ध अमेरिकी विदेश मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको छ। तर, लेबनानबाट अमेरिका गएर बस्नेहरुको संख्या भने धेरै छ।

‘के अमेरिका लेबनानमा सरेको हो?’ एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्।

दूतावासले सार्वजनिक गरेको दूतावासको डिजाइनमा अत्याधुनिक कम्पाउन्ड, अग्ला भवन, मनोरञ्जनको क्षेत्र, स्विमिङ पुल र बेरुतको दृश्य देखिन्छ।

महामारीदेखि २०२० विस्फोटसम्मका विभिन्न संकटबाट गुज्रिरहेको छ लेबनान। जसका कारण अर्थतन्त्र स्वाहा भएको छ। थुप्रै लेबनानीहरु आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्थामा छन्।

अमेरिकाले २०१५ मै नयाँ दूतावास बनाउने घोषणा गरेको थियो। त्यतिबेला जसको खर्च १ अर्ब डलर पर्ने बताइएको थियो।

दूतावासले यसबारे टिप्पणी गर्न मानेन। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .