भारतको पञ्जाव राज्यमा पर्ने अमृतसरको स्वर्ण मन्दिरनजिक बुधबार राति फेरि विस्फोट भएको छ।
स्वर्ण मन्दिरनजिकै विगत पहिलो विस्फोट भएको छैटौँ दिनमा पुन: विस्फोट भएको हो। ६ दिनमा तेस्रो पटक विस्फोट भएको हो।
उक्त क्षेत्रमा २३ वैशाखमा पहिलो र २५ वैशाखमा दोस्रो विस्फोट भएको थियो। तेस्रो विस्फोट बुधबार राति ११ बजे भएको हो।
पञ्जाब प्रहरीले विस्फोटमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उक्त विषयमा अनुसन्धान गरिरहेको छ भने विस्फोट भएको ठाउँलाई सिल गरिएको छ।
पञ्जाब प्रहरीका अनुसार विस्फोटमा मानवीय क्षति भएको छैन।
36
Shares
प्रतिक्रिया