ad ad

ग्लोबल


क्रिश्चियन धर्मगुरुको चुनावमा अब महिलाले पनि मतदान गर्न पाउने

क्रिश्चियन धर्मगुरुको चुनावमा अब महिलाले पनि मतदान गर्न पाउने

नेपालखबर
बैशाख १४, २०८० बिहिबार ८:४७, काठमाडौँ

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले पहिलोपटक महिलालाई पनि मतदान गर्न पाउने ऐतिहासिक अधिकार प्रदान गरेका छन्।

पोप फ्रान्सिसले विशपहरूको आगामी बैठकमा महिलाहरूलाई मतदान गर्ने अधिकार दिने निर्णय गरेका हुन्। नयाँ नियम लागू भएसँगै क्याथोलिक चर्चमा इसाई धर्मगुरु छनोटका लागि हुने निर्वाचनमा अब महिलाले पनि भोट हाल्न पाउने भएका छन्।

बुधबार घोषणा भएको नयाँ नियमअनुसार त्यहाँ 'पाँच धार्मिक बहिनी'लाई मतदान गर्न दिने बताइएको छ।

यसअघि महिलालाई चुनावमा पर्यवेक्षकका रूपमा मात्रै चुनावमा उपस्थित हुन दिइन्थ्यो।

महिलालाई मताधिकार दिए पनि अझैँ त्यहाँ चुनावमा पुरुषकै प्रभाव भने रहनेछ। तर यो सुधारलाई शताब्दीयौंदेखि पुरुषप्रधान रहेको रोमन क्याथोलिक चर्चको लागि महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ।

यसैगरी पोप फ्रान्सिसले धार्मिक समुदायका ७० जनाले छनोट गरेका गैर पादरीलाई पनि मतदान अधिकार प्रदान गर्ने निर्णय गरेको छ।

हाल जर्ज मारियो बर्गोग्लियो भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चको पोपका रुपमा रहेका छन्। उनी चर्चका २६६ औँ पोपका रुपमा सन् २०१३ मा निर्वाचित भएका थिए। उक्त पदमा निर्वाचित भएपछि हाल उनी चर्चको प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीको शासकसमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .