युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यूरोपी राष्ट्रहरूसँग युद्धका लागि जेट विमान, लामो दूरीका मिसाइल र आधुनिक हतियार सहयोग गर्न माग गरेका छन्।
उनले यूरोपेली नेताहरूसँग लामो युद्धका लागि तत्काल आफ्ना सेनालाई हातहतियार उपलब्ध गराउन अनुरोध गरेका हुन्। रेलमा यात्रा गरिरहेको बखत भिडियोमार्फत उनले यस्तो सन्देश पठाएका हुन्।
उनले रूसको आक्रमण रोक्नका लागि तत्काल युरोपी राष्ट्रहरूले सहयोग नगरे स्थिति सामान्य हुन वर्षौँ लाग्नसक्ने बताएका छन्।
'प्रिय सहकर्मीहरू के तपाईंलाई लाग्दैन संयुक्त कारवाही गर्न नसकेका कारण हामी यथेस्ट मात्रामा सफल हुन सकिरहेका छैनौँ?,' भिडियो सन्देशमा उनले भनेका छन्, 'युद्ध कति लामो समयसम्म ढकेलिन्छ र कुन लडाइँपछि हामी सफलता हाँसिल गर्नसक्छौँ भन्ने हामीलाई थाहा छैन। तर स्पष्ट छ यदि संयुक्त सहयोगमा ढिलाइ वा स्थिरता भएन भने यही वर्ष युक्रेनले विजय हाँसिल गर्न सक्छ।'
आधुनिक एयरक्राफ्ट चाहिएको र त्यो सेनासम्म पुर्याउन ढिलाइ गर्न नहुने उनले बताएका छन्। यतिबेला साता र महिना मात्रै नभई एक दिन पनि महत्वपूर्ण भएको बताउँदै उनले सीघ्र संयुक्त सहकार्य गरेमा धेरै जनधनको क्षतिबाट बच्न सकिने तर्क उनको छ।
उनले भनेका छन्, 'गएका एक वर्षमा हाम्रो सहकार्य बढिरहको छ। हामीले चालेका कदममा विनासको प्रक्षेपण थियो? हो थियो। र अझैँ हामी समान लक्ष्य हासिल गर्ने प्रयत्मा छौँ। हामीले रूसी आक्रमण रोक्न काम गरेका थियौँ।'
जेलेन्स्कीले पोल्याण्ड र स्लोभियालाई शोभियत युगमा निर्मित मिक्योयन र गुरेभिच एयरक्राफ्ट प्रदान गर्न सहमत भएकोमा धन्यवाद व्यक्त गरेका छन्। आफ्ना पाइलटहरूलाई ती विमान बिना कुनै थप तालिम उडाउन सहज हुने उनले बताएका छन्।
Shares
प्रतिक्रिया