सुनको मूल्य शुक्रबार फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ८ सय रुपैयाँ महँगो भएको हो।
योसँगै आज छापावाल सुन १ लाख ९ हजार ८ सय र तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख ९ हजार र १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन। चाँदी आज पनि प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ।
27
Shares
प्रतिक्रिया