थाइल्यान्डमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु भएको छ, जसमा २३ बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ।
थाइल्याण्डको राजधानी बैंककबाट करिब ५०० किलोमिटर उत्तरमा पर्ने नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले बिहीबार अन्धाधुन्ध गोली चलाउँदा यति धेरै संख्यामा बालबालिका मारिएका हुन्।
थाइल्यान्डका प्रहरी अधिकारीले एएफपीलाई मृतकमध्ये २३ जना बालबालिका रहेको जानकारी दिएका छन्।
गोली र चक्कुले आक्रमण गरेर हत्या गरेपछि आक्रमणकारी टोयोटाको पिकअप गाडीमा चढेर फरार भएका बीबीसीले जनाएको छ। तर थाइ सञ्चारमाध्यमले भने आफ्नो श्रीमती तथा बच्चाको समेत हत्या गरेका उनी मृत भेटिएका छन्।
आक्रमणकारी पूर्वप्रहरी लागुऔषध प्रयोगकर्ता रहेको र प्रहरीले गत वर्ष बर्खास्त गरेको बताइएको छ।
216
Shares
प्रतिक्रिया