ad ad

ग्लोबल


बंगलादेशमा ५० प्रतिशतसम्म बढ्यो तेलको भाउ, सडकमा विरोध प्रदर्शन

बंगलादेशमा ५० प्रतिशतसम्म बढ्यो तेलको भाउ, सडकमा विरोध प्रदर्शन

नेपालखबर
साउन २२, २०७९ आइतबार ९:३४, काठमाडौँ

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर हिंसात्मक विरोध प्रदर्शन भएको छ।

शुक्रबार सरकारले पेट्रोलको भाउ ५१.७ प्रतिशत तथा डिजेलको भाउ ४२.५ प्रतिशतले बढाएको थियो। त्यसैको विरोधमा मानिसहरुको सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

तेलको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनको क्रममा धेरै सहरमा आगजनी र ढुङ्गा प्रहारका घटना भएका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि बल प्रयोग गर्नुपरेको थियो। 

शनिबार तेलको मूल्यवृद्धिको निर्णय लागू हुनुभन्दा पहिला नै ठूलो संख्यामा मानिसहरु देशभरका पेट्रोल पम्पमा पुगेका थिए। यससँगै पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थिए। त्यसपछि प्रदर्शनले उग्र रुप लिएको हो। 

प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लाखौंको रोजीरोटीमा असर परेको बताएका छन्। बंगलादेशको ऊर्जा संकटको असर बिद्युत् आपूर्तिमा पनि परेको छ। अहिले बंगलादेशको केही क्षेत्रमा दैनिक १३ घण्टासम्मको विद्युत् कटौती भइरहेको छ। 

यसैबीच बंगलादेशको ऊर्जा मन्त्रालयले भने विश्वव्यापी अवस्थालाई मध्यनजर गर्दै तेलको मूल्यवृद्धि रोक्न नसकिने बताएको छ। मन्त्रालयले आफूहरुसँग कुनै विकल्प नभएको भन्दै मानिसहरुलाई धैर्यधारणको लागि आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .