ad ad

ग्लोबल


अस्ट्रेलियाका लागि नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

अस्ट्रेलियाका लागि नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ८:४३,

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज खनालले आफ्नो ओहोदाको प्रमाणपत्र अस्ट्रेलियाको गभर्नर जनरल डेभिड हर्लेसमक्ष बुझाएका छन्। यसका लागि क्यानबेरामा रहेको गभर्नर जनरलको कार्यालय ‘गभर्नमेन्ट हाउस’मा विशेष कार्यक्रम राखिएको थियो।

ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले गभर्नर जनरललाई पठाएको अभिवादन सुनाएका थिए। प्रमाणपत्र बुझाएपछि गभर्नर जनरल हर्लेसँग राजदूत दाहालले केही समय भेटवार्ता समेत गरेको अस्ट्रेलियास्थित नेपाली राजदूतावासले जनाएको छ।

mahesh dahal embassador to aus 44

सो क्रममा दाहालले दुई देशबीचको सम्बन्ध सन् १९६० मा स्थापना भएयता सुमधुर रहँदै आएको बताए। उनले सन् २०२० मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ मनाउने तयारीमा दुवै देश रहेको बताएका थिए। सो क्रममा राजदूत दाहालले दुई देशबीच व्यापार, पर्यटन र विशेषतः कृषि र ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

mahesh dahal embassador to aus 33

गभर्नर जनरल हर्लेले नवनियुक्त राजदूतलाई आफ्नो देशमा स्वागत गरेको बताएका थिए। उनले राजदूत दाहालको सफल कार्यकालको शुभकामना दिएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

उक्त कार्यक्रममा अस्ट्रेलिया सरकारका विशिष्ट अधिकारीको समेत उपस्थिति रहेको जनाइएको छ।

तस्बिरहरूः अस्ट्रेलियास्थित नेपाली राजदूतावास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .