युनिभर्सिटी अफ न्यु साउथ वेल्सको अनुसन्धानमा अस्ट्रेलियाका अभिभावकहरु स्मार्टफोनलाई चुनौतीका रुपमा लिइरहेका छन् भन्ने देखिएको हो।
स्मार्टफोनमा सामाजिक संजाल प्रयोग गर्दा बालबालिकाले नकरात्मक व्यवहारहरु सिकिरहेको त्यहाँका अभिभावकहरुको तर्क रहेको छ।
अनुसन्धानका एक अनुसन्धानकर्ता पासी सालबर्ग भन्छन्,‘स्मार्टफोनकै कारण बालबालिकाहरु अनलाईन भिडियो गेममा व्यस्त भएका कारण उनीहरुले आजभोली बाहिरी खेलहरुमा ध्यान दिएका छैनन्।’
उनका अनुसार अस्ट्रेलियाका अभिभावकहरु स्मार्टफोनदेखि आजित भइसकेका छन्। सिन्ह्वा
प्रतिक्रिया