ad ad

ग्लोबल


अबको एक दशकसम्म चीनले ताइवानलाई लिने प्रयास गर्दैनः अमेरिकी पूर्वविदेशमन्त्री

अबको एक दशकसम्म चीनले ताइवानलाई लिने प्रयास गर्दैनः अमेरिकी पूर्वविदेशमन्त्री

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १०:४५, काठमाडौँ

अमेरिकी पूर्व विदेशमन्त्री हेन्री किसिङ्जरले चिनियाँ राष्ट्रपति सी चिनफिङले अबको एक दशकसम्म ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन युद्ध सुरु नगर्ने बताएका छन्। आइतबार सीएनएनसँगको वार्तामा उनले अबको १० वर्ष चीनले ताइवानमाथि आक्रमण नगर्ने बताएका हुन्।

‘मलाई के लाग्छ भने द्वन्द्व निरन्तर बढ्ने सम्भावना बलियो छ, चीनले ताइवानको स्वायत्तता लामो समयसम्म रहने सम्भावना कमजोर पार्ने कदम चाल्दै जानेछ’, उनले भने। पछिल्लो समय ताइवानबारे अमेरिका र चीनबीच तनाव बढिरहेको समयमा पूर्व अमेरिकी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो। 

पछिल्लो एक वर्षको अवधिमा चीनको सेनाले सयौं विमान ताइवानको आकाशमा उडाइसकेको छ। चीनले पनि बेलाबेलामा ताइवानलाई आक्रमणको चेतावनी दिने गरेको छ। 

अमेरिकाको ताइवानसँगको सम्बन्ध बढिरहेसँगै चीनको अमेरिकासँगको सम्बन्ध पनि चिसिएको हो। विशेषगरी ताइवानमा लामो समयदेखि अमेरिकी सेनाको उपस्थिति रहेको खुलेसँगै यो विवाद उत्कर्षमा पुगेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चीनले आक्रमण गरे ताइवानको रक्षा अमेरिकाले गर्ने बताएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .