ad ad

समाज


पोखरामा आगलागीबाट ५ पसल जले, डेढ करोडको क्षति

पोखरामा आगलागीबाट ५ पसल जले, डेढ करोडको क्षति

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७८ सोमबार १०:२, काठमाडौँ

पर्यटकीय सहर पोखराको लेकसाइडमा आज बिहान आगलागी हुँदा पाँचवटा पसलमा क्षति पुगेको छ। 

सोमबार बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन्।

रेष्टुराँ, खाजा पसल, जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिए। 

आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए।

प्रारम्भिक अनुसन्धानमा एक करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको प्रहरीले अनुमान गरेको छ। ‘आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामी अनुसन्धान गरिरहेका छौँ,’ तामाङले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .