ad ad

गण्डकी


पूर्वडीआईजी जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

पूर्वडीआईजी जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

नेपालखबर
असोज ७, २०८१ सोमबार १६:५३, पोखरा

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

कास्की प्रहरीको आग्रह स्वीकार्दै जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले सो अनुमति दिएको हो।

प्रहरीले उनीमाथि पोखरा ४, नालाकोमुख स्थित संचालनमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरेको एवं सहकारी संस्थाबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी टेलिभिजन) मा लगानी गरी सहकारी ऐनले परिभाषित ठगी सम्बन्धी कसूर गरेको आरोप लगाएको छ।

जोशी गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापकर सेयर सदस्य तथा संचालक हुन्।  

अदालतमा जोशी पक्षका कानून व्यवसायीहरुले  अनुसन्धान प्रक्रियामा सघाउन जोशी तयार रहेकाले थुनामा हैन, बाहिर नै दैनिक हाजिरीमा राखेर अनुसन्धान गर्ने व्यवस्थाको माग गरेका थिए। तर, त्यो मागको सुनुवाइ भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .