ad ad

गण्डकी


पोखरा पुर्‍याइयो छविलाई, सोमबार अदालत पेस गरिने

पोखरा पुर्‍याइयो छविलाई, सोमबार अदालत पेस गरिने

वाशुदेव मिश्र
असोज ६, २०८१ आइतबार २२:१०, पोखरा (कास्की)

सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल बन्जाडे जोशीलाई प्रहरीले पोखरा पुर्‍याएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाई आइतबार काठमाडौंबाट पक्राउ गरेर प्रहरीले हवाइजहाजमा राति सवा ९ बजे पोखरा ल्याइएको हो।

पोखरा एयरपोर्टमा झर्दा उनी हाफप्यान्ट र टिसर्टमा थिए भने मुखमा मास्क थियो।

पोखरा विमानस्थलबाट बाहिरिँदै छविलाल बन्जाडे जोशी। तस्बिर : वासुदेव मिश्र

पछाडि सानो ब्याग बोकेका उनलाई सामान्य यात्रीसरह नै एयरपोर्टबाट बाहिर ल्याइएको थियो। छविलाई विमानस्थलबाट सोझै पृथ्वीचोकको एक निजी क्लिनिकमा स्वास्थ्य जाँचपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लगिएको छ।

सोमबार प्रहरीले अदालतमा उपस्थित गराइ थप कारबाही प्रक्रिया अघि बढाउने बताएको छ।

पोखरा महानगरपालिका वडा नं ४, नालाकोमुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ठगीसम्बन्धी कसुरमा संलग्न रहेको कारण छविलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अन्य व्यक्तिहरूउपर हालसम्म पक्राउ पुर्जी जारी नगरेको पनि कास्की प्रहरीले विज्ञप्तिमार्फत भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .