ad ad

गण्डकी


छविलाल जोशीलाई अदालत उपस्थित गराइयो

छविलाल जोशीलाई अदालत उपस्थित गराइयो

नेपालखबर
असोज ७, २०८१ सोमबार १३:२७, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान अगाडि बढाउन अदालतसमक्ष माग गरेको छ।

जोशी पक्षका कान'न व्यवसायीहरुले भने, ‘अनुसन्धान प्रक्रियामा सघाउन जोशी तयार रहेकाले थुनामा हैन, बाहिर नै दैनिक हाजिरीमा राखेर अनुसन्धान गर्ने व्यवस्थाको माग गरेका छन्। बहस जारी छ।’

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दुवै पक्षको कुरा सुनेपछि अन्तिम फैसला गर्नेछ।

जोशीलाई आइतबार काठमाडौंमा पक्राउ गरिएको थियो भने सोही साँझ हवाइ मार्गबाट पोखरा ल्याइ हिरासतमा राखिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .