क्यान्सर पीडित एक व्यक्तिले मृत्युपछि आफ्नो शव जलाउनुको सट्टामा गाडिओस् भन्ने अन्तिम इच्छा व्यक्त गरेपछि उनको शवलाई परिवारले लुकाएर गाडेका थिए।
तर समुदायमा जलाउनका लागि भने उनीहरुले अर्का व्यक्तिको शव जोहो गर्ने प्रयत्न गरे।
परिवारले जसलाई अर्काको शव ल्याउन भनेका थिए ती मानिसले भने हत्या गरेर परिवारलाई शव सुम्पिएको बीबीसीले जनाएको छ।
अपहरणपछि तेस्रो व्यक्तिको हत्या भएको थियो। अधिकारीहरुका अनुसार शोकाकुल परिवारलाई वैकल्पिक शव उपलब्ध गराउने ती व्यक्तिले परिवारजनलाई थाहै नदिई सन् २०१७ मा जीवित व्यक्तिको हत्या गरिदिएका रहेछन्।
पैसाका लागि शव खोज्ने काममा खटाइएका ती व्यक्तिले आफ्नो नाम हुआङ भनेर परिचय दिएका थिए।
हत्याको अभियोगमा उनलाई सन् २०२० को सेप्टेम्बरमा तत्काल लागु नहुनेगरी मृत्युदण्डको सजाय सुनाइयो।
सन् २०१७ मै हत्या भएको भए पनि सो घटनासम्बन्धी एउटा लेखले गत साता अनलाइनमा धेरैको ध्यान तानेपछि यो विषय चर्चामा आएको हो।
प्रतिक्रिया