आफ्नो जन्मदिनमा ती युवकले ज्यागवर कार उपहार स्वरुप मागेका थिए। तर ती जमिनदारले बीएमडब्लू कार उपहार दिएका थिए।
भनेको उपहार नपाएको झोकमा रिसाएका ती युवकले अन्ततः उक्त महँगो कारालाई खोलामा फ्याँकीदिए।
भारतमा बीएमडब्ल्यू गाडीको मूल्य करिब ५६ लाख नेपाली रुपैयाँ पर्छ। ज्यागवरको मूल्य भने ६५ देखि ८० लाख रुपैयाँसम्म पर्ने बताइएको छ।
ज्यागवर कार
सामाजिक सञ्जालमा देखिएको भिडियोमा भारतको हरियाणा राज्यमा एउटा नदीमा गाडी बगिरहेको देखिएको छ।
गाडी बग्दै गएर अग्ला झारहरूमा अड्किएको देख्न सकिन्छ। केही मानिसहरु उक्त नयाँ कारलाई बाहिर निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ। एजेन्सी
(भिडियाे)
प्रतिक्रिया