अमेरिकाको टेक्सासमा अल्फोन्जो फ्लोर्स नामका व्यक्तिले कस्मेटिक सर्जरी गरेर आफ्नो उचाइ बढाएका छन्।
त्यसका लागि उनले ८८ लाख रुपैयाँ (नेपाली) खर्च गरेका छन्।
पहिले ५ फिट ११ इन्च उचाइका उनी अहिले ६ फिट १ इन्च अग्ला बनेका छन्।
२८ वर्षीय फ्लोर्स १२ वर्षकै उमेरदेखि नै बास्केट बल खेलाडीजस्तो देखिन चाहन्थे। त्यसकारण उनको चाहना थियो– आफ्नो उचाइ धेरै होस्। तर उनको परिवार तथा साथीभाइ सर्जरीविरुद्ध थिए।
अल्फोन्जो पेसाले स्वतन्त्र लेखक हुन्। उनको सर्जरी लास भेगसस्थित द लिम्ब प्लास्ट एक्स इन्स्टिच्युटका डा. केभिन डेबिपार्सडले गरेका हुन्।
अस्पतालको अफिसियल वेबसाइटका अनुसार शरीरको उचाइ बढाउन खुट्टाको फिमर हड्डी बढाइएको हो। यसका लागि ८८ लाख रुपैयाँ (नेपाली) खर्च लाग्यो। यसपछि पनि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। बिरामीले यसो गर्न चाहेको खण्डमा थप ४६ लाख ४० हजार रुपैयाँ (नेपाली) खर्च लाग्छ।
सर्जरी गर्ने डाक्टरर केभिनका अनुसार बिरामीको तिघ्रामा ससाना ६ चिरा पारियो। त्यहाँबाट खुट्टाको सबैभन्दा लामो हड्डी फिमरलाई अलग गरियो। त्यसपछि यस हड्डीबाट नयाँ इम्प्लान्ट जोडियो। जसलाई रिमोटबाट कन्ट्रोल गर्न सकिन्छ। जसलाई बिरामीले घरमै सञ्चालन गर्न सक्छन्। जबसम्म हड्डी आफ्नो आकारमा आउँदैन, तबसम्म यो इम्प्लान्ट बिस्तारै-बिस्तारै बढिरहन्छ।
अल्फोन्जो भन्छन्, ‘यस सर्जरीबारे मानिसले जति पीडा हुन्छ भन्ने सोच्न्छन्, त्यति पीडादायी छैन। सर्जरी गरेको १ दिनपछि नै डाक्टरले मलाई हिँडाए। मलाई निदाउन मात्र थोरै समस्या भयो।’
डा. केभिन भन्छन्, ‘शरीरको उचाइ बढाउन धेरै ठूलो अप्रेसन गर्नुपर्दैन, ससानो चिरा पारे पुग्छ।’ स्राेत: दैनिक भास्कर
प्रतिक्रिया